रास्वपाका डोलप्रसाद अर्याल बने श्रम तथा रोजगार मन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डीपी)अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । अर्यालले मंगलबार दिउँसो १ बजे राष्ट्रपति निवास, शीतलनिवासमा मन्त्री पदको शपथ लिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्नेदेखि संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका अर्याललाई पार्टीले श्रम मन्त्रीको लागि सिफारिस गरेको थियो । अर्यालसँगै रास्वपाबाट शिक्षामन्त्रीमा शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्रीमा डा.तोसिमा कार्कीले पनि शपथ लिएका छन् ।

धादिङमा निम्न परिवारमा जन्मिएका अर्यालले शिक्षा, पर्यटन, वैदेशिक अध्ययन, सहकारी र रेमिट्यान्सको क्षेत्रमा लामो समय काम गरिसकेका छन् । पछिल्लो समय, पर्यटन उद्योग, रेमिट्यान्स सेवा र समाजसेवामा सक्रिय अर्याल समानुपातिक सूचीबाट संघीय सांसद बनेका थिए ।

धादिङ जिल्ला साबिकको मैदी गाविस र हालको ज्वालामुखी गाउँपालिकाका अर्याल एक सामान्य गरिब परिवारमा जन्मिएका व्यक्ति हुन् । वि.स. २०३२ सालमा जन्मिएका अर्याल २०४९ सालपछि मात्रै काठमाडौंमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स