साढे ३ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् सर्वाधिक सेयर खरिदबिक्री हुने टप १० कम्पनी

काठमाडौं । सेयरबजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक ३२.७२ अंकले बढेर २१८२.११ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १८ लाख ८३ हजारको कित्ता सेयर ३ अर्ब ७२ करोड ४७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३० वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अपि पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २३ करोड २६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, उपर तामाकोसीको ११ करोड ३८ लाख, न्याङदी ग्रुपको १० करोड ४८ लाख, रिडी पावरको ९ करोड ४ लाख र हिमालयन डेष्टिलरीको ८ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स