मेट लाइफले गर्यो नयाँ बोनसदर सार्वजनिक, ४५ रुपैयाँदेखि ८० रुपैयाँसम्म पाउने

काठमाडौं । अमेरिकन (मेट) लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८÷०७९ को लागि आफ्ना बीमितहरूका लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले आव २०७८÷०७९ को बीमांकीय मूल्यांकन अनुसार बीमालेखहरूको लागि न्यूनतम प्रतिहजार ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

मेटलाइफले सावधिक जीवन बीमालेखअन्तर्गत एक वर्षदेखि १५ वर्षसम्मको लागि ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्षसम्मका लागि ७० रुपैयाँ र २१ वर्षभन्दा माथिका लागि ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले शिक्षा संरक्षण योजनाअन्तर्गत १ वर्षदेखि १५ वर्षसम्मको लागि ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्षसम्मका लागि ७० रुपैयाँ र २१ वर्षदेखि माथिका लागि ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

मेटलाइफले अग्रिम भुक्तानी योजनाअन्तर्गत भने १ वर्षदेखि १५ वर्षसम्मका लागि ४५ रुपैयाँ, १६ वर्षदेखि २० वर्षसम्मका लागि ५५ रुपैयाँ र २१ वर्ष वा सो भन्दा माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

उक्त बोनसदर मृत्यु दावी, समपर्ण मूल्य दावी, चुक्ता मूल्य दावी, अवधि भुक्तानी दावी र चालु बीमालेखहरूमा लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स