सरकारले मन्त्रालयको टुंगो लगायो, अब एमालेलाई ७, रास्वपा र राप्रपालाई ३/३, अन्यलाई कति ?

सरकारले आज बेलुकासम्म मन्त्री मण्डल विस्तार गर्ने छ ।

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकार गठबनधनमा सत्तारुढ दलहरूले मन्त्रालय भागवण्डा टुंगो लगाएको छ । आधारातमा भएको भागबण्डामा अब एमालेलाई ७ मन्त्रालय परेको छ भने माओवादीलाई ६ मन्त्रालय र अन्य र ३/३ र २/२ र एक मन्त्रालय समेत भागबण्डामा परेको छ । माधव कुमार नेपाल नेतृत्व पार्टीलाई सरकारमा ल्याउने तयारीका साथ मन्त्री परिषद् गठन गर्न लागिएको हो ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो ।

आज बेलुका मन्त्रिपरिषद् विस्तार हुनेछ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार भोलि १ बजे मन्त्रीहरूको सपथ कार्यक्रम तय भइसकेको छ ।

उच्चस्तरीय संयन्त्रको बैठकले मन्त्रालयहरुको भागवण्डा पनि टुंगो लगाएको छ । जसअनुसार एमालेले ८, माओवादीले ४, रास्वपा र राप्रपाले ३/३ र जनमत पार्टीले एक मन्त्रालय पाउनेछ । जसपालाई २ मन्त्रालय छुट्याइएको छ । सरकारले आज बेलुकासम्म मन्त्री मण्डल विस्तार गर्ने छ ।

एमालेलाई ७ मन्त्रालय

एमाले: अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय

माओवादी: भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन

रास्वपा: गृह, शिक्षा र श्रम

राप्रपा: उर्जा, खानेपानी र युवा तथा खेलकुद

जनमत: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

एक नेताका अनुसार जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ । तर उपराष्ट्रपति नपाएका कारण जसपा सरकारमा आउने सम्भावना कम छ । संयन्त्रको बैठकमा सहभागी जसपा अध्यक्ष यादवले पनि मन्त्रालय भागवण्डामा आफूहरुको असहमति रहेको बताए ।

यस्तै संघीय मामिला दिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा ल्याउने प्रयास पनि भइरहेको छ । त्यसो भएमा माओवादी केन्द्रले कानुन वा वनमध्ये एक लिने छ भने अर्को एमालेको भागमा पर्नेछ ।

तीन राज्यमन्त्रीमा माओवादी, रास्वपा र राप्रपाले एकएक जना पठाउने छन् ।

सरकार गठनदेखि नै साथ दिएको नागरिक उन्मुक्ति पार्टी भने तत्काल सरकारमा जाने छैन । सत्तारुढ दलका नेताहरु एक मन्त्री दिन तयार थिए, तर नागरिक उन्मुक्तिका नेताहरुले रेमशसहितका नेता कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता लगाएका माग पुरा नभएसम्म सरकारमा नजाने बताएका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स