युनाईटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । पुस २९ गते बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ०.३६८ प्रतिशत नगद लाभांश गरि कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स