यती एयरलाइन्सको विमान दुर्घटनाः मृतकका परिवारलाई बीमा वापत २६ लाख र चालकलाई ५२ लाख

काठमाडौं । यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु हुनेका परिवारले २० हजार अमेरिकी डलर पाउने भएका छन् । दुर्घटनामा परी ज्यान गुमाउने प्रत्येक यात्रुको परिवारले २० हजार डलर अर्थात् आजको विदेशी विनियम मुद्रा सटही दर अनुसार २६ लाख २ हजार ६ सय रुपैयाँ पाउने भएका छन् । चालक दलका सदस्यहरूको प्रतिव्यक्ति ४० हजार डलरको दुर्घटना बीमा गरिएको हुन्छ ।

हिमालयन एभरेष्टको हवाइ बीमा दावी भुक्तानीमा करिब २० करोड रुपैयाँ खर्च हुने देखिएको छ । प्रति यात्रुको २० हजार अमेरिकी डलरका हिसावले ६८ जना यात्रुको १७ करोड ७३ लाख ८४ हजार ८ सय र चालक दलका ४ जनाको ४० डलरका दरले २ करोड ८ लाख ६८ हजार ८ गरी कुल १९ करोड ८२ लाख ५३ हजार ६ सय भुक्तान गर्नुपर्ने हुन्छ । सो रकम आजको अमेरिकी डलर मूल्य (१३०.४३ रुपैयाँ) बाट हिसाव गरिएको हो ।

नेपालमा व्यवसायिक हवाई उडान सुरु भएदेखि नै यात्रुको बीमा रकम २० हजार अमेरिकी डलर थियो । ५५ वर्षको यो अवधिमा पनि आन्तरिक उडानमा हुने दुर्घटनाको बीमाशुल्क २० हजार अमेरिकी डलरबाट बढ्न सकेको छैन ।

यती एयरलाइन्सले हिमालन एभरेष्ट इन्स्योरेन्ससँग हवाई बीमा गराएको हो । हवाई दुर्घटनाबाट भएको क्षतिमूल्यांकन सिंगापुरबाट सर्भेयर बोलाइइसकेका बीमा प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले सर्भेयर सिंगापुरबाट हिडिसकेको बताए । भोलिबाटै सिर्भेयरले काम गर्न सक्नेछ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पुनर्बीमा कम्पनी मार्फत प्राधिकरणसँग समन्वय गरी सिंगापुरबाटै सर्भेयर झिकाएको हो । दुर्घटनाग्रस्त सो विमानमा चालकदलका ४ जना सहित ७२ जना सवार थिए ।

चालक दलमा २ जना पाइलट र २ जना महिला एयर होस्टेज थिए भने बाँकी ६८ जना यात्रु रहेका थिए । यात्रुहरुमा ४१ जना पुरुष र २७ जना महिला रहेका थिए ।

यतिको एटिआर विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स