पोखरा जहाज दुघर्टना अपडेटः १६ जनाको शव निकालियो

काठमाडौं । काठमाडौंबाट बिहान साढे १० बजे उडेको यति एयरलाईन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका १६ जनाको शव निकालिएको छ । नागरिक उड्डयन प्राधिकरणले हालसम्म १६ जनाको शब निकालिएको जानकारी दिएको हो ।

काठमाडौंबाट बिहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना सेती नदी खोचमा खसेको थियो । ७२ जना सवार विमानको अधिकांश भाग जलेको प्राधिकरणले बताए ।

उक्त जहाज विमानस्थलबाट ५ माइल नजिकै सेती नदि खोचमा खसेको हो । प्राधिकरणका अुनसार विमान अवतरणका लागि सूचना समेत दिइसकेको थियो । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेको विमानका क्याप्टेन कमलकेसी रहेका थिए ।

अवतरणको अन्तिम समयमा दुर्घटनामा विमान खोचमा खसेका कारण उद्दारमा समस्या परेको बताइएको छ । उद्दारमा समस्याहुँदा हेलिकोप्टरबाट पनि उक्त क्षेत्रको निरीक्षण गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स