६८ जना यात्रु बोकेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

काठमाडौं । यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौंबाट ६८ जना यात्रु बोकेर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो ।

काठमाडौंबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको विमान पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए ।

दुर्घटनाग्रस्त क्षेत्रमा अहिले प्रहरी खटाइएको र एम्बुलेन्सलाई अलर्टमा राखिएको जनाइएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स