५ महिनामा ९२ अर्ब ७८ करोड बराबरको धितोपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा चालु आर्थिक वर्षको मंसि मसान्तसम्म ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको तथ्यांकअनुसार समीक्षा अवधिमा ३५ अर्ब बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड बराबरको ऋणपत्र, ११ अर्ब ५० करोड बराबरको साधारण शेयर सूचीकृत भएको हो ।
सो अवधिमा ९ अर्ब ७४ करोड बराबरको बोनस सेयर, ४ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र ३ अर्ब ५९ करोड बराबरको हकप्रद सेयर गरी कुल ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ७ अर्ब २० करोड बराबरको डिबेन्चर, ६ अर्ब ९५ करोड बराबरको म्युचुअल फण्ड, २ अर्ब ४५ करोड बराबरको साधारण सेयर र ९५ करोड बराबरको हकप्रद सेयर गरी कुल १६ अर्ब ५५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको सार्वजनिक विवरणमा उल्लेख छ । नेप्सेमा चालु आवको मंसिर मसान्तमा सूचीकृत ६ अर्ब ९३ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ८३ अर्ब ७६ करोड रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स