नेपाल बैंकको ६३ औं वार्षिक साधारण सभा १२ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज पौष २९ गते शुक्रबारका दिन नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय, धर्मपथ, काठमाडौंको प्रांगणमा सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको हो ।

सभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८÷७९ को नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

सभाले हालको चुक्ता पूँजीको २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश पाउनेछन् । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार ९२७ रुपैयाँ भएको छ ।

यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्ने लगायत साधारण सभामा पेश भएका अन्य प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स