पूर्वआयुक्त राजनारायण पाठक र लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद

काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई ३ वर्ष कैदको फैसला गरेको छ ।

नेपाल इन्जिनियरिङ कलेजको सम्बन्धन विवादमा पाठकले न्यौपानेसँग ७८ लाख मागेको अडियो सार्वजनिक भएको थियो । सो मुद्दामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले उनीहरूलाई कैद फैसला गरेको हो । पाठक र न्यौपाने दुबैलाई ३ वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स