नेपाल क्लियरिङ हाउसको ११ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीले आज पुस २८ गते होटेल क्राउन इम्पेरियल, काठमाडौंमा सम्पन्न गरेको हो ।

सभाले ३८ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका निम्ती २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आ.व. २०७८/७९ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने भएको हो । लाभांश वितरण पश्चात कम्पनीको चुत्ता पुँजी ७८ करोड ३३ लाख ७५ हजार ७६८ रुपैयाँ पुग्नेछ ।

कम्पनीले पूँजी वुद्वि मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्र्तगतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार विस्तार गर्न उक्त पुँजी प्रयोग गर्ने जनाएको छ ।

आ.व. २०७८/७९ मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५७ प्रतिशतले वृद्वि भएसँगै कम्पनीको खुद नाफा ४० प्रतिशतले वृद्वि भएको छ । आर्थिक वर्षको अन्त्यमा जम्मा इक्विटीमा २४.५ प्रतिशतले प्रतिफल प्राप्त गर्न सफल भएको छ भने नेटवर्थ प्रति सेयर २५५ रूपैयाँ कायम भएको छ ।

कम्पनीमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरु, विकास बैंकहरु र फाइनान्स कम्पनीहरु मार्फत प्रवद्र्धित यस कम्पनीमा नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स