सिद्धार्थ बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडकोे २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पौष २८ गते बिहीबार काठमाडौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३१ रूपैयाँको १२.५० प्रतिशत बराबर १ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३५४ रूपैयाँ बोनस सेयर तथा ०.६६ प्रतिशत बराबर ८ करोड २३ लाख ९७ हजार ५४५ रूपैयाँको नगद लाभांश (बोनस सेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स