साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर कारोबार रोक्का गरेको छ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषणा सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम सो कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

कम्पनीको आज बिहान बसेको संचालक समितिको बैठकले कारोबार समयमा लाभांश बारेको जानकारी नेप्सेमा पठाएपछि नेप्सेले स्पष्टिकरण सोध्दै कारोबार रोक्का गरेको हो ।

नेप्सेले यस विषयमा साल्ट ट्रेडिङलाई तीन कार्यदिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णयहरु भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि पठाउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाविपरीत लाभांश प्रस्तावसम्बन्धी सूचना पठाएकोले नेप्सेले साल्ट ट्रेडिङको सेयर कारोबार रोक्का गरेको हो।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स