कर्पोरेट डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनहिरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५० करोड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स