स्वाबलम्बन लघुवित्तको गर्यो २१.०५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । स्वाबलम्बन लघुवित्तले लाभांश घोषणा गरेको छ । पुस २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । स्वाबलम्बन लघुवित्तले सेयरधनीलाई गत आवको सञ्चित मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ६.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड २१ लाख रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति लिएर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स