काठमाडौं । उडान नियन्त्रण प्रणालीमा समस्या आएका कारण अमेरिकाका सबै आन्तरिक उडान ठप्प भएको छ । संघीय उड्डयन प्राधिकरण एफएएको कम्प्युटरमा खराबी देखिएपछि सबै आन्तरिक उडान रोकिएको हो । हवाई मागमा आशंका लागेका कारण अमेरिकाले आन्तरिक उडान बन्द गरेको हो ।
खराबी देखिएको प्रणाली यस्तो हो, जसले हवाइ मार्गमा कुनै खतराको आशंका देखिएमा चालकलाई सावधानी गराउँछ । प्रणाली सुधारको काम भइरहेको र चाँडै नै उडान पूर्ववत् रुपमा सञ्चालन हुने एफएएले जनाएको छ ।