१ खर्ब ८२ अर्ब डलर गुमाएका इलन मस्क गिनिज रेकर्डमा दर्ता

काठमाडौं । सबैभन्दा बढी नेटवर्थ गुमाएका इलन मस्क गिनिज विश्व रेकर्डमा दर्ता भएका छन् । सन् २०२२ मा सबैभन्दा बढी नेटवर्थ गुमाउने कम्पनीको रुपमा इनल मस्क गिनिज बुकमा दर्ता भएका छन् ।

टेस्ला तथा ट्विटरका मालिक अर्बपति इलन मस्क नेटवर्थ गुमाउने कम्पनीको रुपमा गिनिज विश्व रेकर्डमा दर्ता भएका सीएनबीसीले उल्लेख गरेको छ ।

सन् २०२२ मस्कका लागि निकै निराशाजनक वर्ष सावित भएको छ । सन् २०२२ मा वर्ष मस्कको सम्पतिमा १ खर्ब ८२ अर्ब अमेरिकी डलर गुमाएका थिए । सम्पतिमा यति ठूलो गिरावट भोग्ने मस्क पहिलो व्यक्ति हुन् ।

सन् २०२१ को अन्त्यमा मस्कको सम्पत्ति ३ खर्ब २० अर्ब डलरसम्म पुगेको थियो । फोर्ब्सको जनवरी १० सम्मको तथ्यांक अनुसार उनको कुल सम्पत्ति घटेर १ खर्ब ४२ अर्ब डलरमा खुम्चिएको छ । मस्क हाल विश्वको दोस्रो धनी व्यक्तिको रुपमा स्थापित छन् ।

यसअघि जापानी लगानीकर्ता मासायोशी सनले सबैभन्दा धेरै सम्पति गुमाउने रेकर्ड होल्ड गरेका थिए । मासायोशीले सन् २००० मा ५८.६ अर्ब डलर सम्पति गुमाएका थिए । त्यसो त, अमेजनका संस्थापक जेफ बेजोसले ८० अर्ब डलर र मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जकरबर्गले पनि सन् २०२२ मा ७८ अर्ब डलर सम्पति गुमाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स