नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्वाचित

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी नियुक्त भएका छन् । संघको बुधबार सम्पन्न विशेष साधारणसभाले केसीलाई निर्विरोध निर्वाचित गरेको हो ।

कृषि विकास बैंकका तत्कालीन सीईओ अनिल उपाध्यय अध्यक्ष रहँदा उनी संघमा उपाध्यक्ष रहेका थिए । संघको विधानले प्रमुख कार्यकारी अधिकृत नहुने बित्तिकै संघमा रहेको पद पनि जाने व्यवस्था गरेको छ ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका केसीले कृषि विकास बैंकबाट उपाध्यय बाहिरिएसँगै पुस ७ गतेदेखि संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स