हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १६ गते बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब २३ करोड ९९ लाख ३६ हजार ७०० रुपैयाँको कुल २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २.७५ प्रतिशतले हुन आउने ६ करोड १५ लाख ९८ हजार ३०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.१४ प्रतिशतले हुन आउने ३२ लाख ४२ हजार १६ रुपैयाँबराबरको नगद लाभांश छन्।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स