अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता, स्वाप रेसियो कति ?

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। मंगलबार दुई कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो ।

प्रारम्भिक सम्झौतापत्रमा अजोडका सञ्चालक चिरञ्जिवी दावा र युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्तले हस्ताक्षर गरेका छन्।

दुवै कम्पनी एक आवसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’ रहने सहमति भएको छ ।

यी दुई इन्स्योरेन्सबीच १००ः९० स्वाप रेसियो अनुपातमा मर्जर गर्ने प्रारम्भिक सहमति भएको छ।

सम्झौता कार्यक्रममा युनाइटेडका अध्यक्ष रविभक्त श्रेष्ठ र अजोडका अध्यक्ष आजाद श्रेष्ठको उपस्थिति थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स