नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर पछि देशकै ‘टप थ्री’ बैंक बन्ने अध्यक्ष पाँडेको दावी

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले कोर पुँजीको आधारमा नेपाल कै ठूलो बैंक बनेको बताएका छन् । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाँडेले नेपाल इन्भेष्टमेण्ट मेगा देशकै ‘टप थ्री’ बैंक भित्र परेको बताए ।

पहिलो चरणको मर्जर नीतिले बैंकको संख्या १४/१५ वटा भएपनि अर्को पटक मर्जरमा जाँदा यो सख्या घटेर सिंगल डिजिजमा पुग्ने उनले बताए । सो अवसरमा नेपालको जत्रो अर्थतन्त्र भएको देशमा बैंकको संख्या ६÷७ वटा भए पुग्ने अध्यक्ष पाँडेले बताए । नेपालको अर्थतन्त्रको आकारले धेरै बैंक धान्न नसक्ने र निकट भविस्यमा मर्जरको नयाँ लहर आउने दावी पनि गरे ।

आफूहरु कोर क्यापिटलमा नम्बर १ (५८ अर्ब रुपैयाँ), चुक्तापुँजीमा नम्बर २, रिजर्भमा नम्बर २, टोटल इक्विटीमा नम्बर १, लोनमा नम्बर १, डिपोजिटमा नम्बर २, टोटल एसेस्टमा नम्बर २, नाफामा नम्बर ३, कुल शाखा सञ्जालमा नम्बर २, उपत्यकाभित्र नम्बर २, एटीएममा नम्बर ३, कर्मचारी संख्यामा नम्बर ३, एक्सटेन्स काउन्टमा नम्बर ३ र ग्राहकका आधारमा नम्बर १ बैंक रहेको पाँडेले बताए । मर्जर पछि बैंकसँग ३० लाख ग्राहक जोडिएका छन् भने कर्मचारी संख्या ३ हजार३ सय १५ पुगेको छ ।

‘बैंक ठूलो भएपछि प्रविधिमा प्रतिस्पर्धा गर्न सकिन्छ’, उनले भने, ‘अहिले मोबाइलमै सबै बैंकिङ फिचर हुने समय आएको छ। शाखाहरु धेरै चाहिँदैन। शाखाहरुको नाफा घट्दै गएको छ।’

‘मर्जरपछि बैंकको कर्पोरेट गभर्नेन्स अझै राम्रो हन्छ ,’ पाँडेले भने ‘स्टाफ स्मार्ट हुनेछन् ।’ स्मार्ट स्टाफले स्माटै सेवा दिने पाँडेले बताए । बजार पुँजीकरणमा बैंक दोस्रो नम्बरमा रहेको र वित्तीय बजारका बैंकको हिस्सा ७.८ प्रतिशतर रहेको पनि उनले उल्लेख गरे । सेयरधनीहरुले कम्तीमा १५ प्रतिशतभन्दा बढी प्रतिफल पाउनुपर्नेमा अध्यक्ष पााडेले जोड दिए ।
अध्यक्ष पाँडेले अब बैंकले ठूलो प्रोजेक्टमा लगानी गर्नुपर्ने धारणा राखे। ‘बैंकले नयाँ काम गर्नुपर्छ’, उनले भने, ‘राष्ट्रियस्तरका प्रोजेक्टमा लगानी गर्नुपर्छ ।’

मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग १००ः९० को स्वाप रेसियोमा मर्जरमा जान लागेको हो । इन्भेष्टमेण्ट बैंकको कुनै सेयरधनीसँग १०० कित्ता सेयर छ भने उसको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन । अब मेगा बैंकको १०० कित्ता सेयर हुनेको घटेर ९० कित्ता हुनेछ ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १९ अर्ब ३ करोड र मेगा बैंकको १६ अर्ब ७६ करोड रूपैयाँ छ । मर्जर पछि बन्ने बैंकको चुक्तापुँजी ३५ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ ।
मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुल सम्पत्ति ४खर्ब ७१ अर्ब पुग्नेछ भने कुल पुँजी ५८ अर्ब, कुल निक्षेप ३ खर्ब ६० अर्ब , कुल कर्जा ३ खर्ब २९ अर्ब पुग्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स