राजधानीमा रत्न तथा आभूषण एक्स्पो हुने

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघ (नेरजा) ले यही पुस २८ गतेदेखि माघ एक गतेसम्म चारदिन चौथो जेम एण्ड ज्वेलरी एक्स्पो आयोजना गर्ने भएको छ । उक्त एक्स्पो बिहान १० बजेदेखि साँझ ७ बजेसम्म राजधानीस्थित होटल याक एण्ड यति दरबारमार्गमा सञ्चालन हुनेछ । माघ २९ गते एक्सपोको औपचारिक सुरुवात हुने भएको हो ।

रत्न तथा आभूषण संघले हिरा, रत्न तथा पत्थर, आभूषण लगायतका बहुमूल्य वस्तुहरुको बिक्री वितरण गर्दै आएको छ । विगतमा कानुनी मान्यता पाउन सकस भएको यस संस्थाले अहिले मान्यता पाइसकेको अवस्था छ ।

व्यवसायको विकास, रोजगारी, राजस्वमा पुर्याउने योगदानका लागि पनि रत्न तथा आभूषणको तर्फबाट पहल हुँदै आएको कार्यक्रममा जानकारी गराइएको छ । एक्स्पोमा १८ कम्पनीको सहभागीता रहनेछ भने प्रसिद्ध भारतीय अभिनेतृ एवम् सञ्चारकर्मी मलेका अरोरा नेपाली पोशाकमा प्रस्तुत हुनेछिन् ।

यस पटकको आभूषण मेलामा आर वी डाइमण्ड ज्वलर्स, गणपति ज्वलर्स, सयपत्री मेरिगोल्ड, डि सि डाइमण्ड प्रा. लि, आदी नेपाली गहना प्रती आकर्षण मौलिकता,क्षमता र भावना बारे जागर गराइनेछ ।

साथै, मेलामा १० देखि १५ हजार जना व्यक्तिहरुरूले अवलोकन गर्ने आयोजकको अनुमान छ । आम उपभोक्ताहरुले एउटै छाना मुनी आफ्नो चाहना अनुसारका नेपाली बहुमूल्य आभूषणका बुझ्न तथा खरिद गर्ने अवसर पाउने नेपाल रत्न तथा आभुषण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले बताइन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स