लगानीकर्ताले प्रोफिट बुक गर्दा सेयर बजारमा ‘ईट्रा डे’ करेक्सन

काठमाडौं । सेयर बजार खुलेदेखि बढ्न थालेको नेप्से परिसूचक ‘इट्रा डे’ करेक्सन भएको छ । दिउँसो १२।४० बजेसम्म बढेको बजार त्यसपछि घटन थालेको हो । पुस मसान्त नजिकिदै जाँदा लगानीकर्ताले प्रोफिट बुक गरिरहँदा पनि आज एकै दिनको कारोबारमा करिव १०० अंकले घटेर फेरि २१९०।४३ अंकमा बन्द भएको छ । दिउँसो १।५४ बजे नेप्से परिसूचक करिव २१८० को विन्दुमा ओर्लिएको थियो ।

केहि लगानीकर्ताले प्रोफिट बुक गरिसकेको र केहि लगानीकर्ता अझ बजार बढ्छ भनेर बसिरहेका छन् । यस्तो अवस्थामा बजारमा एकै दिन यति धेरै करेक्सन आएको हो । आज दिउँसो २२७८ अंक पुगेको नेप्से परिसूचक १ घण्टा कै बीचमा करेक्सन भएर २१८० अंकमा झरेको हो ।

त्यसपछिको समयमा सुधार आइ फेरि नेप्से परिसूचक करिब २१८० अंकमा बन्द भएको छ । नेप्से परिसूचक २१।३५ अंकले घटेर २१९०।४२ अंक विन्दुमा आइपुगेको छ । मंगलबार २ करोड ८ लाखको कित्ता सेयर कारोबारबाट ७ अर्ब ६५ करोड ८८ लाख रुपैयाँको खरिद बिक्री भएको छ । सो सेयर कारोबार हुँदा ३१ खर्ब ६२ अर्बको बजार पुँजीकरण भएको छ ।

५३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५१ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर अवस्थामा रहेको छ । न्याङदी ग्रूप पावरको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको आज २१ करोड २१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, अपि पावरको २० करोड ६७ लाख, रिडी पावरको १८ करोड १५ लाख, एनआईसी एसियाको १६ करोड ७२ लाख र शिवम् सिमेन्टस्को १६ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स