सुपर हेवा पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त

काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ११ करोड ५४ लाख ३६ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ११ लाख ५४ हजार ३६० कित्ता आईपीओ निष्कासन गर्ने छ ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ।

बिक्री प्रबन्ध गर्नेसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावरका तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका छन्।

सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स