काठमाडौं । मंगलबार, नेप्से परिसूचक २१.३५ अंकले घटेर २१९०.४२ अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड ८ लाखको कित्ता सेयर ७ अर्ब ६५ करोड ८८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ५३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५१ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, बराही पावरको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, सिंगटी हाईड्रोपावरमा ८.४५%, विन नेपालमा ८.३०%, खानीखोला हाईड्रोपावरमा ६.५१%, वरुण हाईड्रोपावरमा ४.८० प्रतिशतले सेयर उकालो लागेको छ।