सेयरबजारमा गिरावट, साढे ७ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् सर्वाधिक सेयरखरिद बिक्री हुने टप १० कम्पनी

काठमाडौं । सेयरबजारमा गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक २१.३५ अंकले घटेर २१९०.४२ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ८ लाखको कित्ता सेयर ७ अर्ब ६५ करोड ८८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५१ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, न्याङदी गु्रप पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २१ करोड २१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, अपि पावरको २० करोड ६७ लाख, रिडी पावरको १८ करोड १५ लाख, एनआईसी एसियाको १६ करोड ७२ लाख र शिवम् सिमेन्टस्को १६ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स