नेप्सेद्वारा दुई लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले महिला लघुवित्त र महुली लघुवित्तको सेयर कारोबार रोक्का गरिदिएको हो ।

नेप्सेले कारोबार समयमा लाभांशसम्बन्धी सूचना प्रकाशित गरेको भन्दै महिला लघुवित्त र महुली लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो। सेयर कारोबार रोक्का गर्दै नेप्सेले दुवै लघुवित्तलाई तीन कार्यदिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पठाउन निर्देशन पनि दिएको छ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएको सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

महिला लघुवित्तले आज (मंगलबार) गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै, महुली लघुवित्तले हिजो (सोमबार) २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स