महुली लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनीको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी २८ करोड २१ लाख ६९ हजार ४४० रुपैयाँको कुल २५ प्रतिशतले हुन आउने ७ करोड ५ लाख ४२ हजार ३६० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ५ करोड ६४ लाख ३३ हजार ८८८ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने १ करोड ४१ लाख ८ हजार ४७२ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) रहेका छन्।

उक्त लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स