काठमाडौं । राजस्व उठाउने बैकको शाखा शनिबार पनि खुल्ने भएको छ । पुस ३० गते शनिबार परेपछि आन्तरिक राजस्व विभागले राजस्व संकलन गर्ने सबै शाखा खुला रहने बताएको हो ।
पुस महिना आयकर वापतको पहिलो किस्ताको ४० प्रतिशत रकम अग्रिम भुकतानी गर्नुपर्ने कानुनी व्यवस्था भएकोले विभागले आम करदातालाई सहजीकरण गर्न शनिबार सार्वजनिक विदा दिन पनि राजस्व संकलन गर्ने बैंक खुलाउन लागेको छ । अहिले सरकारको राजस्व संकलनमा गिरावट आएको छ ।
यो महिना अधिकतम राजस्व उठाउनु पर्ने आन्तरिक राजस्व कार्यालय र भन्सार विभाग छ । यो महिना आयकर शीर्षकमा मात्रै ७८ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ ।
शनिबार पनि राजस्व संकलन गर्ने काउन्टर खुला गर्ने निर्णय विभागले पुस २५ गते सोमबार गरेको हो ।