सरकारले आजदेखि चाडपर्व लक्षित सुपथमूल्य पसल सञ्चालन गर्ने, कति पाइन्छ छुट ?

काठमाडौं । सरकारले आज (शुक्रबार) देखि दशैं/तिहार लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका विभिन्न ८५ स्थानमा यस्तो पसल आजदेखि सञ्चालनमा ल्याउन लागेको हो ।

सरकारले विगत वर्षमा जस्तै यो वर्ष पनि सहुलियत पसल सञ्चालन गर्न लागेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यस्तो पसलदेखि छठसम्मको अवधिमा उपत्यकासहित देशभर सहुलियत पसल सञ्चालन हुनेछ ।

सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ । ती पसलमा दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने मन्त्रालयले जानकारी दिएको छ ।

दशैं÷तिहारलाई लक्षित गर्दै व्यापार कम्पनीले देशभरका ४३ स्थानमा, कर्पोरेशनले ३२ र राष्ट्रिय दुग्ध विकास संस्थानले १० स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएका हुन् । व्यापार कम्पनी, कर्पोरेशन र दुग्ध विकास संस्थानले उपत्यकामा पनि सहुलियत पसल सञ्चालन गर्नेछन् ।

आजदेखि सञ्चालनमा ल्याइएको सहुलियत पसल कात्तिक २४ गतेसम्म भने यसै बीच व्यापार कम्पनी र कर्पोरेशनले घुम्ती पसल समेत सञ्चालनमा ल्याउनेछन् ।

व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले काठमाडौं उपत्यकासहित देशभरका ३७ जिल्लाबाट दशैं÷तिहार लक्षित व्यापार गर्ने बताइन् । ‘चाडपर्व आउँदै गर्दा खाद्यान्नको मूल्यमा अचाक्ली वृद्धि रोक्न सरकारी कम्पनीमार्फत व्यापार गर्न लागिएको हो,’ उनले भनिन् ‘सहुलियतमा सामान बिक्री गर्दा बजारमा व्यापारीको मनोमानीमा हस्तक्षेप गर्न सहयोग पुग्छ । जसले मूल्यवृद्धि रोक्न सघाउ पुर्याउँछ ।’

व्यापार कम्पनीले उपत्यकाका रामशाहपथ, टेकु, नख्खु, सूर्यविनायक, कलंकी, थापाथली, बनेपा र कोटेश्वर लगायतका स्थानमा सहुलियत पसल सञ्चालन गर्दै छ । यस्तै, कर्पोरेशनले कालीमाटी (२), कोटेश्वर, सतुङ्गोल, जावलाखेल र भक्तपुर लगायतका स्थानमा सहुलियत र घुम्ती पसल सञ्चालन गर्ने बताएको छ ।

यसबाहेक राष्ट्रिय दुग्ध विकास संस्थानले आफ्ना उत्पादन व्यापार कम्पनी र कर्पोरेशनमार्फत बिक्री गर्ने र आफ्नै कार्यलयबाट समेत यस्ता आफ्ना उत्पादन वृद्धि गर्ने भएको छ ।

कुन सामानमा कति छुट ?

सरकारले नूनमा २ रुपैयाँ, दाल, चिउरा, आटा, तेल (तोरी), सूर्यमुखी तेल, चिनी, चामलमा प्रतिकेजीमा ५ रुपैयाँ छुट दिने भएको छ । खासी÷बोका (जिउँदो), सिमी, फापर र तेल (भटमासको तेलमा १० रुपैयाँ छुट दिने प्रवन्ध मिलाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स