टेक्निकल विश्लेषणलाई पनि फेल खुवाउँदै सेयर बजार उकालो यात्रामा

काठमाडौं । पुस ११ गतेबाट नयाँ सरकारको गठन हुने र अर्थमन्त्रीमा विष्णु पौडेल आउने हल्ला चलेसँगै सेयर बजारमा एकाएक आएको रौनकता कारोबारको आज ११ औं दिनसम्म आइपुग्दा जम्मा २ दिनमात्रै झिनो अंकले करेक्सन आएको छ ।

अर्थमन्त्रीको आगमनसँगै पुँजी बजारमा छाएको रौनकता र लगानीकर्तालाई उत्साहित पार्ने समाचारहरू निरन्तर आइरहेका छन् । यस ११ कारोबारको दिनमा ३४४ अंकले नेप्से परिसूचक बढिसकेको छ भने यी कार्यदिनभित्र मात्र २ दिन झिनो अंकले करेक्सन आएको छ । एक दिन ११.८० र अर्कोदिन ३.०३ अंकको मात्र झिनो करेक्सन आएको छ ।

सेयर बजारमा ट्रेड गर्ने ट्रेडरहरूलाई सेयर बजारले पटक पटक छक्काइरहेको झै भइरहेको छ । टेक्निकल एनलाइसिस् गरेर कारोबार गर्ने ट्रेडरहरू टेक्निकल टूल्स नै फेल खाएको भन्न थालिसकेका छन् ।

टेक्निकल करेक्सन हुने देखिएर सेयर बेच्यो तर, भोलिपल्ट त्यो करेक्सन हुनुको सट्टा अझ सेयर बजार बढेर कम्पनीहरू र उक्त उपसमूहका सेक्टरहरू बढेर बेचेको सेयर हातबाट गुमिसकेपछि उक्त त्यहि कम्पनीका सेयरहरू अझ माथिल्लो मूल्यमा गएर किन्नु पर्ने बाध्यता भएको सक्रिय ट्रेडर लगानीहरूको अनुभव सुनिएको छ ।

सेयर बजारमा टेक्निकल्स टूल्सहरूले पनि करेक्सन हुने प्वाइन्टहरूमा सामान्य ‘इन्ट्रा डे’ करेक्सन भएर सेयर बजार निरन्तर अगाडि बढिरहेको छ । तमाम ठूला लागनी कर्तालाई बजार यति छिट्टै यस्तो गतिमा बढिहाल्छ भन्ने सोच्नै सकेका थिएनन् । देश विदेशबाट हुने लगानी र प्रविधिमैत्री अनलाइन प्रणालीले गर्दा सेयर बजारमा यति छिटो सुधार र रौनकता छाएको हो ।

सकारात्मक रौनकता ल्याउनका लागि विष्णु पौडेलको विगतको अर्थमन्त्री हुँदाखेरिको छवि तथा लगानीकर्ता र उद्योगी व्यवसायीलाई पोडेलले दिएको सकारात्मक मनोबल र उद्योगी व्यवसायीका मागहरूलाई सम्बोधन गर्ने आश्वासनले उनीहरू विश्वस्त भए र सरकारको पहिलो निर्णयको पहिलो बुँदा नै सेयर बजार सुधार गर्ने निर्णयले लगानीकर्तामा सकारात्मक माहोल सिर्जना गर्यो ।

जसले गर्दा सेयर बजार निरन्तर उकालो यात्रामा लागिरहेको छ । ११ दिनको कारोबारका दिनमा ३४४ अंक बढिसकेको छ । विगतको अघिल्लो बुल जस्तै यस पटक पनि इन्स्योरेन्स सेक्टर र माइक्रो फाइनान्स सेक्टरले सेयर बजारलाई लिड गरेको देखिन्छ भने हाइड्रो, विकास बैंक र फाइनान्सहरू पनि नेप्सेको यो यात्रालाई पच्छाउँदै आइरहेको देखिन्छ । नेप्सेमा सूचीकृत ठूलो समूह वाणिज्य बैंक उपसमूहमा भने अझै रौनकता आइसकेको छैन ।

विगतका बुलहरूमा नेप्से परिसूचक उचाल्न क्रममैसँग एक/एक उपसमूह बढ्दै जाने र केहि दिन त्यो समूह बढेपछि लगानीकर्ता अर्को उपसमूहमा डाइभर्ट हुने ट्रेण्ड चल्थ्यो । तर, यस पटक भने इन्स्योरेन्स समूह र माइक्रोफाइनान्स समूहले नेप्सेको यात्रालाई लिड गरेको छ भने अन्य समग्र उपसमूहहरूले क्रमैसँग पच्छाइरहेका छन् ।

इन्स्योरेन्स समूहमा पुँजी वृद्धिको सुरुवातको लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसीएन) ले हकप्रद ल्याउने सुरुवात गरेसँगै समग्र इन्स्योरेन्स सेक्टरकै पुँजी वृद्धिको माहोल सिर्जना भएको छ । मर्जरमा नगएका कम्पनीहरूलाई बोनस पछाडि हकप्रद ल्याउन दिने छलफल बीमा प्राधिकरणमा चलिरहँदा यता यी सेक्टरका कम्पनीहरूमा भने दिनदिनै सकारात्मक सर्किट लाग्न थालेका छन् ।

केहि निर्जीवन बीमा कम्पनीहरू जसको क्रस होल्डिङ छैन त्यस्ता कम्पनीहरूले बोनस पश्यात बोसनसहितको पुँजीबाट २ अर्ब ५० करोड पुग्ने गरी हकप्रद ल्याउन पाउने विषय छलफलको अन्तिम चरणमा छ भने त्यसै गरी जीवन बीमा कम्पनीले पनि ५ अर्ब पुँजी वृद्धिको लागि बोनस पश्यात हकप्रद ल्याउन पाउने छलफल चलिरहेको छ ।

यी सेक्टरका कम्पनीहरूमा दिनानुदिन सर्किट लाग्दै जाँदा टेक्निकल टूल्सहरू नै उच्च विन्दुमा पुगेर करेक्सन देखाएता पनि उक्त समूहहरूमा लागनीकर्ताको अत्यधिक खरिद चाप परेको छ । जसले गर्दा आज बेचेको सेयर भोलि पर्सी करेक्सनमा त्यहि मूल्यमा किन्छु भन्ने नपाउने स्थितिको सिर्जना भएको छ । जसले गर्दा टेक्निकल इण्डिकेटस्हरूनै फेल खाइरहेको देखिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स