सेयरबजारमा उछाल आउँदा यस्ता छन् सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । सेयरबजारमा उछाल आएको छ ।

सोमबार, नेप्से परिसूचक ४६.७६ अंकले बढेर २२११.३८ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४६ लाख ७६ हजारको कित्ता सेयर ५ अर्ब ३१ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३१ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, रिडी पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड ६८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, न्याङदी गु्रपको १६ करोड ९६ लाख, एनआईसी एसियाको १६ करोड ७८ लाख, शिवम् सिमेन्टस्को १३ करोड १ लाख र नबिल बैंकको १२ करोड ३५ हजार रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स