घट्यो हवाई भाडा, काठमाडौं-पोखरामा ३२० रूपैयाँले घट्यो, अन्य स्थानको कतिले घट्यो ?

काठमाडौं । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० कटौती गरेसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाएको हो ।

संघका अनुसार काठमाडौंदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै आठ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि सात हजार पाँच सय दश कायम भएको छ । काठमाडौंदेखि धनगढीसम्म अधिकतम भाडा १६ हजार एक सय ४० कायम भएको छ ।

काठमाडौंबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा छ सय ८५ भाडा घटेर अधिकतम १४ हजार दुई सय पाँच कायम भएको छ ।

काठमाडौं-सिमरामा एक सय ८० भाडा घटेको छ । त्यस्तै काठमाडौं-भद्रपुरमा छ सय, काठमाडौं-विराटनगरमा चार सय ८५, काठमाडौं-जनकपुरमा दुई सय ६०, काठमाडौं-भरतपुरमा दुई सय १५ र काठमाडौं-पोखरामा तीन सय २० भाडा घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स