काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालको सेयर कारोबार पुस २७ गतेबाट बन्द हुने भएको छ । दुवै बैंकले पुस २७ गतेबाट सेयर कारोबार रोक्का गरिदिनको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्राचार गरेका हुन्। अब नेप्सेले यी दुवै बैंकको सेयर कारोबार रोक्का गर्नेछ।
यी दुवै बैंकले पुस २७ गतेबाट ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’को नाममा एकीकृत सुरु गर्दे छन् ।
नेपाल धितोपत्र बोर्डको मर्जर निर्देशकाबमोजिम एकीकृत कारोबार सुरु हुने मितिबाट बैंकको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि दुवै बैंकले सेयर कारोबार रोक्का राखिदिन नेप्सेलाई आग्रह गरेका हुन्।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको १००ः ९० स्वाप रेसियोमा मर्ज भएका हुन् ।
मर्जर पछि बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा हाल नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी वहादुर पाँडे रहने छन् भने प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाँडे रहने छन् ।
हाल नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड छ । मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ । मर्जरपछि मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुन्छ । स्वाप रेसियोबाट आउने पैसाले दिने लाभांशले बैंकको चुक्ता पुँजी मात्र ३४ अर्बभन्दा बढी हुने छ ।