सानिमा मिडिल तमोर हाइड्रोपावरले माघ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले माघ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने कुल ३३ लाख ३२ हजार ५०० कित्ता सेयरआयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

जसमा आयोजनाबाट अतिप्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं। १, २, ९ र १०, फत्ताङलुङ गाउँपालिका वडा नं. १ तथा मिवाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ मा बसोबास गर्ने नेपाली नागरिकलाई ४० प्रतिशत अर्थात १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाका बासिन्दाहरुका लागि ६० प्रतिशतले हुन आउने १९ लाख ९९ हजार ५०० कित्ता आईपीओ जारी गरिएको छ।

त्यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि छुट्याइएको जारी पुँजीको १५ प्रतिशतले हुन आउने ४९ लाख ९८ हजार ७५० कित्तामध्ये १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्ता बिक्री खुला गर्नेछ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

स्थानीयले भने छिटोमा माघ १८ गते गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले भने फागुन ४ गतेसम्म बिक्री खुला गरिनेछ।

स्थानीयले ताप्लेजुङको फुङलिङस्थित सानिमा बैंक तथा लक्ष्मी बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स