दुई दिन नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक बन्द हुने

काठमाडौं । भोलि पुस २५ गते र पर्सि २६ गते नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको बैकिङ सेवा बन्द हुने भएको छ । यी दुई बैंक पुस २७ गते मर्जरमा जाने भएकाले टाडा माइग्रेशनको लागि बैकिङ सेवा बन्द गर्न लागको हुन् । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको १००ः ९० स्वाप रेसियोमा मर्ज भएका हुन् ।

मर्जर पछि बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा हाल नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी वहादुर पाँडे रहने छन् भने प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाँडे रहने छन् ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड छ । मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ । मर्जरपछि मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुन्छ । स्वाप रेसियोबाट आउने पैसाले दिने लाभांशले बैंकको चुक्ता पुँजी मात्र ३४ अर्बभन्दा बढी हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स