लक्ष्मी बैंक र सनराइज बैंक पनि मर्जरमा जाने, स्वाप रोसियो कति ?

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ। सोमबार दुवै बैंकबीच समान हैसियतमा मर्जरमा जानको लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो । दुवै बैंकबीच १ः१ अनुपातमा मर्ज हुने सहमति भएको हो ।

मर्जर पश्चात् बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवै लक्ष्मी बैंकले पाउने सहमति भएको छ । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल मर्जर पश्चात् बन्ने बैंकको अध्यक्ष बन्नेछन् भने सीईओ अजय बहादुर शाह बन्ने सहमति भएको छ ।

मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक हुने छ।

लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ। दुई बैंक मर्जपछि चुक्ता पुँजी २१ अर्ब ६५ करोड हुनेछ।

लक्ष्मी बैंकको निक्षेप संकलन १ खर्ब ४२ अर्ब ६४ करोड रुपैयाँ र सनराइज बैंकको १ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ । यस्तै, लक्ष्मी बैंकको कर्जा १ खर्ब ३७ अर्ब ४ करोड रुपैयाँ र सनराइज बैंकको १ खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

मर्जर पश्चात् बन्ने बैंकको निक्षेप संकलन २ खर्ब ६७ अर्ब ८३ करोड रुपैयाँ र कर्जा २ खर्ब ५६ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।

लक्ष्मीको जगेडा कोषमा ४ अर्ब ५५ करोड छ भने सनराइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स