डा. भगवान कोइरालासँग मुक्तिनाथ विकास बैंकको सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रोफेसर एवं डाक्टर भगवान कोइरालाको अध्यक्षतामा सञ्चालित गैरनाफामूलक संस्था ‘काठमाण्डौ इन्स्च्यिुट अफ चाइल्ड हेल्थ’सँग एक औपचारिक कार्यक्रमबीच सम्झौता गरेको छ।

बैंकका तर्फबाट अध्यक्ष भरतराज ढकाल र संस्थाका तर्फबाट प्रोफेसर डा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन्। यो सम्झौताबमोजिम झापा जिल्लाको दमकस्थित निर्माणाधीन बालअस्पताल निर्माणका लागि बैंकले ५ लाख सहयोग गर्नेछ।

बैंकले गरेको यस सहयोगबाट बालबालिकाको स्वस्थ्योपचारमा आवश्यक पर्ने पूर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स