काठमाडौं । काठमाडौं उपत्यकाको पश्चिमी क्षेत्रमा सबैभन्दा बढी सेयर सदस्य रहेको देव दर्शन बचत तथा ऋण सहकारीले संस्थाले आर्थिक वर्ष २०७८/७९ मा मुनाफा आर्जन गर्न सफल भएको छ । विसं २०६६ असार ६ गतेदेखि कारोबार थालनी गरेको सो संस्थामा हाल तीन हजारभन्दा बढी सेयर सदस्य आबद्ध छन् भने कुल सम्पत्ति एक अर्ब १७ करोड ६५ लाखभन्दा माथि पुगेकोे छ ।
कोभिड सङ्क्रमणबाट उत्पन्न आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाको सङ्ख्यात्मक वृद्धि, घरजग्गा व्यापारमा आएको मन्दी, तरलता र ब्याजदरलगायत कारण वित्तीय कारोबार गर्ने संस्थाले सन्तोषजनक उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थामा पनि संस्थाले सो आवमा ९६ लाख २० हजार आठ सय २८ मुनाफा कमाएको संस्थाको १४औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले सो आवमा आफ्नो कारोबार एक अर्ब १७ करोड ६५ लाख ७४ हजार आठ सय ६८ पु¥याएको थियो । आव २०७८÷७९ मा सो संस्थाको निक्षेप संकलन एक अर्ब छ करोड ५६ लाख २२ हजार र सेयर पुँजी चार करोड २७ लाख सात हजार पुगेको जनाइएको छ । प्रतिवेदनमा आव २०७९÷८० सेयर पूँजी पाँच करोड पु¥याउने, निक्षेप संकलन एक अर्ब २७ करोड र कर्जा लगानी २१ करोड पु¥याउने लक्ष्य लिएको उल्लेख छ ।
राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, जिल्ला सहकारी संघ काठमाडौं तथा काठमाडौं बचत तथा ऋण सहकारी संघमा आबद्ध चन्द्रागिरि नगरपालिका-५ स्थित दाउराडिपोमा रहेको सो संस्थाले आफ्ना सेयर सदस्यतलाई पाँच हजार सुत्केरी भत्तासमेत प्रदान गर्दै आएको छ । संस्थाका अध्यक्ष रामनारायण घिमिरेका अनुसार निक्षेप संकलनतर्फ नियमित, देव दर्शन पेन्सन, बाल शैक्षिक, नारी उत्थान, किसान, साधारण, देव दर्शन विशेष, कल गोल्डेन, बोनसलगायत बचत सेवा सञ्चालित छन् ।
यसैगरी देव दर्शन पुलेसो, आवधिक, छोटो अवधि, व्यापारिक, घर, हायर पर्चेच, महिला उद्यमी, सेयर सदस्य सहुलियत, सामूहिक जमानी, कृषि, लघु, गरिबी निवारणलगायतका कर्जा तथा सापट योजना संस्थाले कार्यान्वयनमा ल्याइरहेको छ ।
साधारण सदस्यको पुँजी, सदस्यकै हितमा
यसैबीच चन्दागिरि नगरप्रमुख घनश्याम गिरीले संस्थाको १४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै समृद्ध चन्द्रागिरि बनाउने नगरपालिकाको सपनालाई सार्थक बनाउन सहकारी संस्थाको भूमिका अहम् हुने बताए । नगरउपप्रमुख वसन्ती श्रेष्ठले भनिन्, ‘आयआर्जन गर्न नगरबाहिर जानुनपर्ने अवस्था सिर्जना गर्न नगरपालिकाले आयआर्जनलाई उत्पादनसंँग जोडेर कार्यक्रम सञ्चालन गर्न लागेको छ । यसका लागि सहुललियत दरमा ऋण प्रवाह गर्ने नीति नगरपालिकाले लिएको छ ।’ उनका अनुसार नगर क्षेत्रमा एक सय ७० वित्तीय संस्था छन् । उपप्रमुख श्रेष्ठले नगरपालिकाले रगत र रेबिजविरुद्धको खोप निःशुल्क सुरुआत गरेको जानकारी दिए ।
बागमती प्रदेश, सहकारी विभागका रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीले साधारण सदस्यको पुँजीलाई कसरी सदस्यकै हितमा परिचालन गर्न सकिन्छ भनेर देव दर्शन बचत तथा ऋण सहकारी संस्थाले नमूना प्रदर्शन गरेको बताए । उनले भने, ‘संस्थाले व्यक्ति, व्यक्तिले संस्था नचिनेका कारण सहकारी क्षेत्रमा समस्या देखियो । समस्या हटाउन संस्थाभित्र सुशासन र पारदर्शिता आवश्यक पर्छ । यसका लागि सामूहिक प्रयासको खाँचो हुन्छ ।’
कार्यक्रममा संस्थाका अध्यक्ष घिमिरेले आव २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखा संयोजक विमलविक्रम बानियाँले लेखा प्रतिवदन, उपाध्यक्ष बेलीमैया घले र सञ्चालक समिति सदस्य नानु थापा (पण्डित)ले संस्थाका गतिविधिका बारेमा जानकारी दिएका थिए । सोही कार्यक्रममा गत वर्षको माध्यमिक शिक्षा परीक्षामा सर्वेत्कृष्ट अंक प्राप्त गर्ने अर्पिता गौतम र विशाल गोपालीलाई ‘देव दर्शन अवार्ड’ प्रदान गरिएको थियो । सो अवार्डमा नगद पाँच हजारसहित सम्मानपत्र रहेको छ ।
सोही अवसरमा शिक्षा क्षेत्रका उन्ननयनमा अथक योगदान पु¥याएवापत समाजसेवी सुरेन्द्रबहादुर खड्कालाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । यसैगरी कार्यक्रममा हरिशरण खत्री र सन्तोष श्रेष्ठलाई नगद पाँचहजार सहित ‘उत्कृष्ट कर्मचारी सम्मान’ प्रदान गरिएको थियो भने संस्थाका सदस्य राधा नेपाल, उत्तमराज सिलवाल, सोमे लो, रुकमणि मलामी, सिद्धिलाल महर्जन, दिलबहादुर श्रेष्ठ, राजु महर्जन र कमल सिग्देललाई सम्मान गरिएको थियो । चन्द्रागिरि नगरप्रमुख गिरी, उपप्रमुख श्रेष्ठ, रजिष्ट्रार ज्ञवालीे र संस्थाका अध्यक्ष घिमिरेले ती व्यक्तित्वलाई संयुक्तरूपमा सम्मान अर्पण गरेका थिए ।