अर्थतन्त्रलाई उकास्न निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्छ : चेम्बर अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्ने बताएका छन् । राजश्व संकलन लगायत अर्थतन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमको अवस्थामा रहेको भन्दै अध्यक्ष मल्लले अर्थतन्त्र उकास्ने जिम्मेवारी निजी क्षेत्रको पनि भएको बताए ।

तिलोत्तमा चेम्बर अफ कमर्सको नवौं साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष मल्लले भने, ‘उत्पादन वृद्धि गरेर निर्यात प्रर्वद्धन, औद्योगिक लगानी मार्फत रोजगारी सिर्जना गर्नका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्न जरुरी छ ।’
पछिल्लो समय राजश्व संकलन लक्ष्या अनुसार हुन नसकेको अध्यक्ष मल्लले बताउनुभयो । लक्ष्य अनुसार राजश्व संकलन नहुँदा चालु खर्च धान्न पनि सरकारलाई मुस्किल परिरहेको मल्लको भनाई छ ।

भन्सार राजश्व प्रभावकारी नहुँदा पनि राजश्व लक्ष्य अनुसार उठ्न नसकेको अध्यक्ष मल्लले बताए । भारतसंगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने अध्यक्ष मल्लले बताए । नेपाल भारत खुला सीमाको फाईदा उठाएर अवैध कारोबार भईरहेको भन्दै अध्यक्ष मल्लले सीमा व्यवस्थापन हुने वित्तिकै कम्तिमा ४० प्रतिशत राजश्व वृद्धि हुने बताए ।

आयातलाई व्यवस्थित गरेर निर्यात प्रर्वद्धन गर्नका लागि सरकारसंग हातेमालो गर्न चेम्बर अफ कमर्स तयार रहेको समेत अध्यक्ष मल्लले बताए । सरकारले करको दायरा फराकिलो पारेर राजश्व प्रणालीलाई चुस्त बनाउनुपर्नेमा उनले जोड दिए ।
कर राजश्व प्रशासनलाई प्रभावकारी बनाउन केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य गर्न जरुरी रहेको अध्यक्ष मल्लले बताए ।

अनुशासित व्यवसाय, पारदर्शी कर प्रणाली सम्वन्धमा निजी क्षेत्र सदैव प्रतिवद्ध रहेको अध्यक्ष मल्लको भनाई छ । आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि सरकारसंग हातेमालो गर्न आफुहरु तयार रहेको अध्यक्ष मल्लले बताए । खुद्रा पसल देखि होलसेलसम्मै बिल बिजकको व्यवस्थालाई अनिवार्य रुपमा कार्यन्व्यनमा ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स