माया खोला हाईड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । माया खोला हाईड्रोपावरले निष्कासन गरेको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले मंसिर २३ गतेबाट वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको आईपीओ आज (शुक्रबार) बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा ८,८०७ जना आवेदकहरुबाट ७,७४,२३० कित्ता सेयरको लागि आवेदन प्राप्त भएको छ । सि-आश्वा सदस्य बैक तथा वित्तिय संस्थाबाट विभिन्न कारणबाट ५४८ जना आवेदकहरुबाट प्राप्त ४७,३६० कित्ता सेयरको लागि आवेदन रद्द गरेपश्चात बाँकी रहेको ८,२५९ जना आवेदकहरुको ७,२६,८७० कित्ता सेयरको लागि आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ।

निष्कासन तथा बिक्री प्रबन्धकबाट आवेदन रुजु गर्दा १ जना आवेदकले दुई वटा हितग्राही खाताबाट ३० कित्ता सेयरको लागि आवेदन गरेकोले सोलाई रद्द गरी बाँकी हुन आएको ८,२५७ जना आवेदकहरुबाट प्राप्त ७,२६,८४० कित्ता सेयरको आवेदन प्राप्त भएको थियो ।

१० कित्ता देखि ३० कित्ता आवेदकहरुलाई माग बमोजिम तथा ४० कित्ता देखि ६,३०० सम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ताको दरले गरी जम्मा ८,२५७ जना आवेदकहरुलाई २,१५,६७० कित्ता सेयर बाँडफाँट गरीएको छ ।

बाँकी रहेको सेयरको लागि ४० कित्ता देखि ६,३०० कित्ता सेयर आवेदन दिने ५,४८३ जना आवेदकहरुबाट २४,३३० कित्ता गरी जम्मा २,४०,००० कित्ता सेयर बाँडफाँट सम्पन्न गरिएको क्यापिटलले जनाएको छ।

बाँडफाँटको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com र तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स