नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेबाट, दुई दिन सम्पूर्ण सेवा बन्द रहने

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालको एकीकृत कारोबार पुस २७ गतेबाट सुरु हुने भएको छ।

बैंकले एकीकृत कारोबार गर्नका लागि डाटा माइग्रेसनका लागि पुस २५ गते र पुस २६ गते दुवै बैंकको केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुबाट प्रदान गरिने बैंकिङ सेवाहरु बन्द रहने जनाएको छ ।

पुस १७ गते बसेको राष्ट्र बैंकको संचालक समितिको बैठकले दुवै बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको १००ः ९० स्वाप रेसियोमा मर्ज भएका हुन् ।

मर्जर पछि बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा हाल नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी वहादुर पाँडे रहने छन् भने प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाँडे रहने छन् ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड छ । मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ । मर्जरपछि मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुन्छ । स्वाप रेसियोबाट आउने पैसाले दिने लाभांशले बैंकको चुक्ता पुँजी मात्र ३४ अर्बभन्दा बढी हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स