काठमाडौं। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको लागि अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लघुवित्तलाई आईपीओ निष्कासनको लागि अनुमति प्रदान गरेको हो ।
अनुमति पाएसँगै लघुवित्तले २ करोड ३ लाख ३८ हजार रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। जसअनुसार १०० अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।