प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार हुने मिति तय, ४ दिन बैंकका सम्प्पूर्ण सेवा बन्द रहने

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्शियल बैंकको एकीकृत कारोबार पुस २६ गतेबाट हुने भएको छ । प्रभु बैंकले आज एक सूचना जारी गर्दे दुवै बैंकको एकीकृत कारोबार पुस २६ गतेबाट सुरु हुने जनाएको हो ।

साथै, बैंकले डाटा माइग्रेशनको लागि पुस २२ राति १० बजेदेखि पुस २६ गते बिहान १० बजेसम्म दुवै बैंकका सम्प्पूर्ण सेवा बन्द हुने जनाएको छ ।

मर्जपछि प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुने छ ।

मर्जरमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रोसियोमा मर्जर गर्ने पारम्भिक सम्झौता भईसकेको छ । प्रारम्भिक सम्झौता अनुसार सात सदस्यीय सञ्चालक समितिमा ४ जना प्रभु बैंकबाट हुने छन् भने तीन जना सेञ्चुरी बैंकबाट हुने छ । नयाँ बन्ने बैंकको प्रमुख कार्यकारीमा प्रभु बैंकबाट अशोक शेरचनले निरन्तरता पाउने छन् ।

हाल प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड र सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ बढी छ । जसमा सेयर पुँजी २२ अर्ब २६ करोडभन्दा बढी हुनेछ । यस्तै, अवितरित नाफा (रिटेन्ड अर्निङ) करिब दुई अर्ब १० करोड र सञ्चित कोष (रिजर्भ) सात अर्ब ३५ करोड हाराहारी छ । मर्जरपछि एकीकृत कारोबार थाल्दा प्रभु बैंकको कुल पुँजी कोष झन्डै ३१ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स