काठमाडौं । लगातार बढेको सुनको मूल्य घटेको छ । शुक्रबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३१ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर १ लाख २३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १३ सय ६५ रूपैयाँ कायम भएको छ ।