काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई क्रम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आर्थिक वर्ष २०७८/७९ को बोनस सेयरका लागि बुक्लोज गरेसँगै २ कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले मेरो माइक्रोफाइनान्स र प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो ।
मेरो माइक्रोफाइनान्सको १० प्रतिशत बोनस सेयर सेयरमूल्यमा समायोजन भएको छ । नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दे प्रतिकित्ता ८५८.९ पैसा रुपैयाँ कायम गरेको हो । आज सेयरबजार बन्द हुनुभन्दा अघि कम्पनीको सेयरमूल्य ९४३.९० रुपैयाँ कायम थियो ।
त्यस्तै, प्रिमियर इन्स्योरेन्सको १४.५० प्रतिशत बोनस सेयर सेयरमूल्यमा समायोजन भएको छ । नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दे प्रतिकित्ता ६८९.७२ रुपैयाँ कायम गरेको हो । आज सेयरबजार बन्द हुनुभन्दा अघि कम्पनीको सेयरमूल्य ७८८ रुपैयाँ कायम थियो ।
अब आइतबार समायोजित मूल्यअनुसार नै यी कम्पनीहरुको सेयर कारोबारमा आउने छ।