काठमाडौं । मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा तोयम रायालाई ल्याएको छ ।
त्यस्तै, अर्थ मन्त्रालय अन्तर्गतको राजस्व सचिवमा भने रामप्रसाद घिमिरेलाई ल्याइएको छ ।
यसअघि तोयम राया उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने रामप्रसाद घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।
त्यसैगरि यसअघि अर्थ सचिवमा कृष्णहरि पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाल थिए ।