पुस २५ गतेबाट ग्लोबल आईएमई बैंक र बिओकेको एकिकृत कारोबार सुरु हुने

काठमाडौं । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डु लिमिटेड (बिओके) एक आपस मर्ज भई एकिकृत कारोबार हुने मिति तय भएको छ । दुवै बैंकले पुस २५ गतेबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् ।

मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन्।

सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।

मर्जरपश्चात बैंकको कुल पुँजी ५७ अर्ब, चुक्तापुँजी ३५.७७ अर्ब, कुल निक्षेप ४०० अर्ब र कुल कर्जा ३७९ अर्बभन्दा बढी पुग्नेछ। मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्तापुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओकेमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । साथै, दुवै बैंकले असोज मसान्तसम्म १ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् ।

नेपाल राष्ट्र बैंकले गत पुस १७ गते दुवै बैंकलाई पत्राचार गर्दै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको थियो। दुवै बैंकले कम्पनी रजिस्ट्राको कार्यालयबाट गत पुस १९ गते एकीकृत कारोबारका लागि स्वीकृति पाएका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स