काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ।
बुधबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउनेछ। प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत भएसँगै कम्पनीले आगामी वार्षिक साधारणसभाबाट वित्तीय विवरण पारित गर्नेछ।